यस्ता छन् निर्वाचनमा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् निर्वाचनमा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन सम्पन्न गराउने कार्यमा ठूलो संख्यामा कर्मचारी परिचालन हुन्छन् ।

निर्वाचन आयोगले निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरणका बारेमा जानकारी गराएको छ ।

निर्वाचनमा संलग्न कर्मचारीले यी कार्य गर्न नहुने आयोगका अनुसार जनाएको छ । 

१. कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन, प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने,

२. कुनै राजनीतिक दल वा उम्मेदवारलाई कार्यालयको वा आफ्नो भवन, सवारीसाधन वा अरू सामग्री प्रयोग गर्न दिन नहुने,

३. निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने,

४. निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारीबाहेक अरू कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक दल वा उम्मेदवार वा अनधिकृत व्यक्तिलाई दिन नहुने,

५. निर्वाचनसम्बन्धी कार्य गर्दा/गराउँदा कसैको पक्ष वा विपक्ष लिन नहुने ।

Tags :
प्रतिक्रिया दिनुहोस