वडा सदस्यको शव बेपत्ता भएको ३८ दिनपछि भेटियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडा सदस्यको शव बेपत्ता भएको ३८ दिनपछि भेटियो


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्।

उनको कङ्काल बेलका नगरपालिका-८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक वनको एउटा रूखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा-२ को वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस