२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकाल सकिए पनि सांसदले लिए दसैँ खर्च

अ+ अ-

काठमाडौँ । पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बुझेका छन्। चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दसैँ खर्च बुझेका हुन्।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरू तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलव बराबरको दसैँ खर्च पठाइएको हो।

सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलका नेता प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतक दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयका दरले दसैँ खर्च बुझेका हुन्।

दुर्गा केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरिसकेकी थिइन्। तर उनले पुरानै दलबाट दसैँ खर्च लिएकी छिन्। विपक्षी दलका प्रमुख सचेतक लिलाधर भट्ट, सत्ता पक्षीय सचेतक अक्कल रावल र अम्बी थापाले पनि ५७ हजार बुझेका छन्।

यी बाहेक प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको ५६ हजार ५ सय बुझेका छन्। प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयनको प्रक्रियासँगै प्रदेश सभा सदस्यहरूको पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

सोही आधारमा बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस