काँग्रेसले स्थानीय चुनाव लडेकालाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले स्थानीय चुनाव लडेकालाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने


१७ आश्विन २०७९, सोमबार


काठमाडौं । नेपाली काँग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने ।’

विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने काँग्रेसको निर्णय छ ।

साथै काँग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लङ्घन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निष्क्रिय बसेका सदस्यहरूलाई पार्टीमा पूर्ववत् रूपमा सक्रिय हुन आह्वान समेत गरेको छ ।

उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस