महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा इन्स्पेक्टर पक्राउ, निलम्बन प्रक्रिया सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा इन्स्पेक्टर पक्राउ, निलम्बन प्रक्रिया सुरु


१६ आश्विन २०७९, आइतबार


पक्राउ

काठमाडौँ । आफ्नै अङ्गरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानी खोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुङ्गाना पक्राउ परेका छन् ।

उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले प्रशासनलाई जानकारी दिए अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुङ्गानाले जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।

उनका अनुसार निलम्बनको प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रहरी निरीक्षक ढुङ्गानाले ती महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको र ती महिला प्रहरीले असमझदारी बढेको बेला पछिल्लो हर्कतपछि उजुरी दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस