बलि चढाउन ल्याएको राँगोले मान्छे लखेटेपछि गोली हानी मारियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बलि चढाउन ल्याएको राँगोले मान्छे लखेटेपछि गोली हानी मारियो


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको माकलवारिमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो ।

आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि भागदौड मच्चिएको थियो । प्रहरीका अनुसार घटनामा कसैलाई पनि चोटपटक भने लागेको छैन ।

यसअघि पनि काठमाडौँमा राँगालाई गोली हानेर मारिएका घटनाहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस