काठमाडौँमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौँमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको काठमाडौँ महानगरपालिका-२५, टेङगाल चोकमा मोटरसाइकल पल्टिँदा चालक काठमाडौँ-१२ का २५ वर्षीय श्रद्धय पासा श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब सवा १ बजे क्षेत्रपाटीबाट नरदेवीतर्फ आउँदै गरेको बा९४प ८४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त जनसेवाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस