विवेकशील साझाका केन्द्रीय सदस्य यादव प्रदेश संयोजक भण्डारीले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवेकशील साझाका केन्द्रीय सदस्य यादव प्रदेश संयोजक भण्डारीले दिए राजीनामा


१६ आश्विन २०७९, आइतबार


काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् ।

छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए ।

यादव यसपटक समानुपातिकको बन्द सूचीमा पनि थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस