समानुपातिकको सूचीमा नपरेपछि गुप्ताले दिए पदबाट राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकको सूचीमा नपरेपछि गुप्ताले दिए पदबाट राजीनामा


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् । ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ।’ शनिबार निकालेको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस