बारामा सर्वेन्द्र खनाललाई ५१ किलोको मालाले स्वागत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बारामा सर्वेन्द्र खनाललाई ५१ किलोको मालाले स्वागत


१६ आश्विन २०७९, आइतबार


सिमरा । हालै नेकपा एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।

राष्ट्रिय युवा सङ्घ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो।

खनाललाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौँबाट सडक मार्ग हुँदै बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए।

ढिलै भए पनि कार्यक्रम स्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन्।

अघि युवा सङ्घको प्रथम अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबिर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहा लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गरेका थिए।

यसै गरी शुभकामना आदानप्रदानपछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा सङ्घ पचरौता नगर कमिटी गठन गरेको छ। पचरौतामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला लगाएर स्वागत गरिँदै।

Tags :
प्रतिक्रिया दिनुहोस