दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस