गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१५ आश्विन २०७९, शनिबार


गोरखा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतसँगै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय पनि स्थापना गरिएको छ ।

त्यस्तै गोरखा नगरपालिका-९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय गोरखा इकाइको भवनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माले पाएका छन् । उनले निर्वाचन क्षेत्र नम्बर १ समेत हेर्ने छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको जिम्मेवारी नारदप्रसाद भट्टराईलाई दिइएको छ ।

शनिबार एक कार्यक्रमका बिच दुवै कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शर्मा, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भट्टराई, जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला निर्वाचन कार्यालय प्रमुख टेकबहादुर कोइराला, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस