माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी « प्रशासन
Logo १७ फाल्गुन २०८०, बिहिबार
   

माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी


१५ आश्विन २०७९, शनिबार


विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौँ पुगेका छन् ।

चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए ।

उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस