२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाइ टिकट नपाउँदा हुम्लाका यात्रु नेपालगञ्जमा अलपत्र

अ+ अ-

खजुरा । दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा छन् ।

हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौंमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् ।

अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका उनीहरु निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए । बिहीबार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।

समिट एयरका कर्मचारीले आइतबार उडान गर्ने समयतालिका रहे पनि टिकट दिन नमान्ने ती कर्मचारीले भन्दै थिए, ‘हामी यहाँ बसेर सेवा दिइरहेकालाई पेल्ने तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्लातिर गएका कम्पनीहरूलाई केही नभन्ने ?’

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो गरे । उनले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताए । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ ।

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनुपरिरहेको छ ।

यस्तो अवस्थामा पनि नेपालगञ्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन कति यात्रुहरू कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीसँग छ न विमानस्थल प्रशासनसँग । कर्णालीवासी सर्वसाधारण भने दसैँको मुखमा घरको याद मनमा बोकेर भौतारिइरहेका छन् । चुनराज शाहीले भने, ‘चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरू अहिले कता छन् थाहा छैन ।’

तारा एयरका तीन वटा जहाजमध्ये एक वटा कर्णालीका लागि र दुई वटा अहिले पूर्वतिर उडान भर्ने गरिएको तारा एयरका नेपालगञ्ज स्टेशन म्यानेजर दिलीप कार्कीले बताए । उनका अनुसार हामीले एक जहाजमार्फत तालिका अनुसार हप्ताको दुई–तीन दिन कर्णालीका लागि उडान गरेका छौं । उनले भने, ‘अस्तीसम्म यात्रु नै थिएनन् अहिले दसैँ मनाउन विशेष गरी विद्यार्थीहरू मात्रै बढी भएर एकैपटक भीड भएको हो, पालोअनुसार विस्तारै उडाइरहेका छौं ।’ दशैंअघि नै सबै यात्रु घर पुग्ने उनी बताउँछन् ।

वर्षमा दुई महिना सेप्टेम्बर र अक्टोबर पर्यटक आउने सिजन भएकाले घाटामा हुने गरेको एयरलाइन्सलाई पनि आम्दानी गर्न मुख्य स्रोतको आवश्यकता पर्ने भएकाले पहिलो प्राथमिकता पर्यटकलाई आकर्षण गरिएको उनले बताए । स्टेशन म्यानेजर कार्कीका अनुसार अहिले दुई जहाज पूर्व लुक्लातिर पठाएको छ । ‘हामीसँग चार वटा जहाज थियो एक वटा जहाज जोमसोममा करयाप्स भएपछि तीन वटाले धानेका छौं’, उनले भने ।

कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, समिट र ताराले हवाई उडान गर्दै आएका छन् । यसमा नेपाल एयरको जहाज बिग्रिएर उडेको छैन भने अहिले दुई वटा कम्पनीले मात्र उडान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस