नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


१५ आश्विन २०७९, शनिबार


नेपालगञ्ज । नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदैछ ।

नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । यहाँ जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ ।

फिक्स भएका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस