लुक्लामा रामेछापबाट नियमित उडान सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लुक्लामा रामेछापबाट नियमित उडान सुरु


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । काठमाडौँबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोबर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौँबाट एक/एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार काठमाडौँमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो ।

यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौँबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो । लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन सुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस