सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु


१५ आश्विन २०७९, शनिबार


सल्यान । कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गाउँपालिकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो।

उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको छ। घाइतेको सङ्ख्याबारे एकिन भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस