काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी


१५ आश्विन २०७९, शनिबार


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् ।

सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले लिएको छैन् ।

आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् ।

स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस