चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् ।

प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरू बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिइन् ।

उनले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।

सो अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवा दिन लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिइन्। कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस