हातहतियार प्रहरीलाई बुझाउन डोटी प्रशासनको अनुरोध  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हातहतियार प्रहरीलाई बुझाउन डोटी प्रशासनको अनुरोध 


१४ आश्विन २०७९, शुक्रबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । 

आगामी निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै हातहतियार बुझाउन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको हो । 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी सूचनामा २०७९ कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हातहतियार बुझाउन भनिएको छ ।  

अगामी मङ्सिर ४ गतेका लागी तय प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारलाई केही समयको लागि प्रहरी युनिटमा बुझाउन जानकारी गराएको प्रजिअ श्रेष्ठले बताइन् । 

निर्वाचन सम्पन्न भएको एक हप्ता पछि हातहतियार धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ । 

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस