माधव नेपाल र रेशम चौधरीबीच भेटघाट, नेपालले दिए यस्तो आश्वासन  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माधव नेपाल र रेशम चौधरीबीच भेटघाट, नेपालले दिए यस्तो आश्वासन 


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो ।

भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ । 

चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी छन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस