भोलिदेखि लुक्ला जाने जहाज रामेछापबाट उड्नुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि लुक्ला जाने जहाज रामेछापबाट उड्नुपर्ने


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरू शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ ।

दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक-एक वटा मात्र जहाज टाइट स्टप काठमाडौँमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार अब ती वायुसेवा कम्पनीका जहाजले काठमाडौँबाट दैनिक एक-एक वटा मात्रै उडान गर्न पाउने छन् । अन्य उडान भने रामेछापबाटै गर्ने गरी निर्णय भएको उनले बताए ।

यसअघि अघिल्लो साता पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप विमानस्थलको अनुगमन गरेको थियो ।

यो विमानस्थलबाट कोभिड-१९ अगाडि लुक्लाका लागि नियमित उडान तोकिएको थियो । त्यसपछि भने काठमाडौँबाटै उडान गर्न थालियो । बिहानको समयमा काठमाडौँको आकाशमा हुने हवाई ट्राफिक जाम कम गर्न प्राधिकरणले लुक्लाको उडान रामेछाप पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस