पचरौताका कर्मचारी ६ महिनादेखि रित्तो हात, पाएनन् तलब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पचरौताका कर्मचारी ६ महिनादेखि रित्तो हात, पाएनन् तलब


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । दशैको मुखमा समेत रित्तो हात भएको छ । 

नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले प्रशासनलाई जानकारी दिए । ‘नगरसभा बस्न सकेको छैन, नगरसभा नबसे सम्म खाता खोल्न मिल्दैन, त्यही भएर तलब खान पाएका छैनौ मलाई जानकारी भएको यत्ति हो.’ उनले भने, । 

नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरूको तलब बाँड्न नसकेको उनले जानकारी दिए । उनले भने ‘सायद दसैँ पनि छिट्टै बस्छ होला ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस