चन्दा बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चन्दा बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली काँग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।

यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस