अल्ट्रासाउन्डबारे नेपाल मेडिकल काउन्सिलको तीन बुँदे निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अल्ट्रासाउन्डबारे नेपाल मेडिकल काउन्सिलको तीन बुँदे निर्देशन


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रूपमा अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको भन्दै सो कार्य बन्द गर्न तीन बुँदे निर्देशन जारी गरेको छ ।

स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम मान्यताप्राप्त विशेषज्ञहरूले मात्रै एक्स-रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार गर्न काउन्सिलले निर्देशन दिएको छ ।

साथै, जीवन बचाउने, हातगोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरू बाहेक अल्ट्रासाउन्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ । ऐन नियमविपरीत अनधिकृत रूपमा अल्ट्रासाउन्ड गरेको वा गराइएको पाइएमा कानुनबमोजिम कारबाही हुने पनि काउन्सिलले जनाएको छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस