सोनियासँग माफी माग्दै राजस्थानका मुख्यमन्त्रीले भने-काँग्रेस अध्यक्षमा चुनाव लड्दिन ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सोनियासँग माफी माग्दै राजस्थानका मुख्यमन्त्रीले भने-काँग्रेस अध्यक्षमा चुनाव लड्दिन !


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

उनले बिहीबार काँग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीसँग करिव डेढ घण्टा कुराकानी गरेका थिए । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू मुख्यमन्त्री पदमै रहन चाहेको भनेर देशभर आफू अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको सन्देश गएको भन्दै दुःख व्यक्त गरे ।

हालै मात्र काँग्रेसका वरिष्ठ नेता अजय मानक र मालिकार्जुन खड्गे दिल्लीबाट राजस्थान पुगेका थिए । उनीहरूले काँग्रेसका विधायकहरूको बैठक गराउनुपर्ने प्रस्ताव गरेका थियो, तर हुन सकेन । ९० भन्दा बढी विधायकले संसदीय कार्यमन्त्री शान्ति धारीवाललाई भेटेर अशोक गहलोतको ठाउँमा कोही मुख्यमन्त्री बने उनकै गुटको विधायक हुनुपर्ने बताएका थिए ।

अजय मानकले भने यो बैठकलाई अनुशासनहीनता भनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस