२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सधैँ अवसर दिए जिन्दाबाद, नभए अर्को पार्टीमा गइहाल्ने प्रवृत्ति बढ्यो : माधव नेपाल 

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटक-पटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् । 

अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा नकारात्मक हुने अवस्था आएको गुनासो गरे ।

“अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ । आफूले पाएको छैन भने अनुहार नै अँध्यारो । पाएको छ भने छोइनसक्नु,” उनले भने “आफूले पटक–पटक पाएको छ भने ठिक अरूले एक चोटि पाउन थाल्यो भने त्यसलाई सकारात्मक रूपमा नलिने । यस्ता  खालका रोग महिला, पुरुष ,युवा, विद्यार्थी समाजमा देखिएको छ ।”

उनले कम्युनिस्ट आन्दोलनमा हुँदै आफ्नो पार्टीमा पनि देखिन थालेको गुनासो गरे । 

“सधैँ अवसर दिए पार्टी जिन्दाबाद भन्ने । अवसर पाउन्न कि भन्ने लागे तुरुन्तै हाम फाल्ने । अन्त गएर राजनीतिक जीवन समाप्त पार्ने प्रवृत्ति देखिएको छ,” नेपालले भने । 

सङ्गठनलाई सिस्टममा अघि बढाउनुपर्ने उनको भनाइ छ ।