सधैँ अवसर दिए जिन्दाबाद, नभए अर्को पार्टीमा गइहाल्ने प्रवृत्ति बढ्यो : माधव नेपाल  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सधैँ अवसर दिए जिन्दाबाद, नभए अर्को पार्टीमा गइहाल्ने प्रवृत्ति बढ्यो : माधव नेपाल 


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटक-पटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् । 

अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा नकारात्मक हुने अवस्था आएको गुनासो गरे ।

“अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ । आफूले पाएको छैन भने अनुहार नै अँध्यारो । पाएको छ भने छोइनसक्नु,” उनले भने “आफूले पटक–पटक पाएको छ भने ठिक अरूले एक चोटि पाउन थाल्यो भने त्यसलाई सकारात्मक रूपमा नलिने । यस्ता  खालका रोग महिला, पुरुष ,युवा, विद्यार्थी समाजमा देखिएको छ ।”

उनले कम्युनिस्ट आन्दोलनमा हुँदै आफ्नो पार्टीमा पनि देखिन थालेको गुनासो गरे । 

“सधैँ अवसर दिए पार्टी जिन्दाबाद भन्ने । अवसर पाउन्न कि भन्ने लागे तुरुन्तै हाम फाल्ने । अन्त गएर राजनीतिक जीवन समाप्त पार्ने प्रवृत्ति देखिएको छ,” नेपालले भने । 

सङ्गठनलाई सिस्टममा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस