२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैर कानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।

‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैरशरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।

झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहेको बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ ।

प्रलोभन देखाएर गैर शरणार्थीलाई अमेरिका वा तेस्रो मुलुक लैजाने भन्दै गिरोहले बढीमा ५० लाख रुपैंयासम्म उठाउने गरेको प्रमाण बाहिर आइसकेको छ । राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगले पनि भुटानी शरणार्थीलाई पुनस् बसोबास गर्ने कार्यक्रम पूर्ण रूपमा स्थगित भइसकेकाले कुनै रूपका प्रलोभनमा नपर्न अनुरोध गर्दै आएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार सन् २०२२ भित्र आफ्नो परिचयपत्रको म्याद पूरा हुने वा यस अवधिमा १६ वर्ष उमेर नाघेका भुटानी शरणार्थीलाई परिचयपत्र नवीकरण वा प्राप्तकीका लागि शिविरमै आवश्यक प्रक्रिया सुरु गरेको छ । हाल झापाको दमक र मोरङको पथरी शरणार्थी शिविरमा गरी ६ हजार ३ सय ६५ शरणार्थी दर्तामा रहेका छन् ।