शङ्करदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शङ्करदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । शङ्करदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् ।

शङ्करदेवमा सञ्चालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो ।

बीआईएमका कोअर्डिनेटर रहेका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाब दिँदै अभद्र व्यवहार गरेका थिए ।

उप-प्राध्यापक रवीन्द्र भट्टराईले भने, ‘मेरा मान्छे भर्ना गर्दे भनेर दबाब दिए । मैले नियमभन्दा बाहिर गएर भर्ना गर्न नमान्दा अभद्र व्यवहार गरे ।’ अभद्र व्यवहार गरे पनि उनले कतै उजुरी गरेका छैनन् ।

यो व्यक्तिगत नभई संस्थागत भएकोले यसलाई क्याम्पस प्रशासनले कसरी सम्बोधन गर्ने भन्ने निर्णय लिनुपर्ने बताए ।

प्राध्यापक सङ्घ इकाईले क्याम्पसभित्र प्राध्यापकहरूमाथि हुने दुर्व्यवहार अन्त्य हुनुपर्ने र संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

गत वर्ष पनि लामाले सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस