२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नोतर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचारप्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँलगत्तै यसलाई सुरु गरिने बताए ।

उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेटलगायतबाट प्रचारप्रसार गर्नेछौँ ।’ महानगरपालिकाले पोखरा आउने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई यातायात, होटल, सपिङ मललगायतमा छुट तथा सहुलियतका लागिसमेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।

‘राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रलाई आह्वान गर्र्दैछौँ,’ आचार्यले भने । महानगरले खेलस्थलसम्म जाने सडक, खेलस्थलको सरसफाइ, विद्युत्, खानेपानी, शौचालयको उचित प्रबन्ध तथा खेलस्थलको सजावटमा पनि सहयोग गर्ने जनाएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता भव्य बनाउनुपर्ने सबैको दायित्व रहेको बताए । सरकारी तथा निजी क्षेत्र सबै मिलेर मात्र राष्ट्रको गौरवसँग जोडिएको खेल प्रतियोगिता सफल हुने उल्लेख गरे ।

प्रतियोगितालाई मध्यनजर गरी खेलस्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालयलगायत स्थानमा खेलकुदसँग सम्बन्धित सामग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धता जनाएको गुरुङले जानकारी दिए ।

प्रतियोगितास्थलमा मिडिया सेन्टरमा विद्युत् तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्नेलगायतका विषयमा सहजीकरण गरिदिन उनले महानगरसँग आग्रह गरे । प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ ।

राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै ह्याण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस