मुसिकोटमा राष्ट्रिय वाणिज्य बैङ्कको २६२ औँ शाखाको समुद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुसिकोटमा राष्ट्रिय वाणिज्य बैङ्कको २६२ औँ शाखाको समुद्घाटन


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा २६२औँ शाखा कार्यालय शुभारम्भ गरेको छ । बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । 

उक्त अवसरमा बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्‍याउने उद्देश्य अनुरूप सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले शाखा विस्तार गरेको बताउँदै पालिकाको समग्र विकासमा बैङ्कको महत्त्वपूर्ण भूमिका हुने बताए । 

बैङ्कको कर्णाली प्रादेशिक कार्यालयका उपप्रमुखको केशवराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद माननीय गोपाल प्रसाद शर्मा, प्रदेश सांसद माननीय देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसी,मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस