२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटना बढेपछि टाइम कार्ड लागु

अ+ अ-

काठमाडौँ । कपिलवस्तुमा चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु गरेको हो ।

चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । जिल्लामा गत शनिवार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सिनाले बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

ट्राफिक प्रहरी पोस्ट चन्द्रौटा र पीपराबाट टाइम कार्ड प्रदान गरिने बताइएको छ । जिल्ला कार्यालय गोरुसिङ्गेमा रहेको चेकपोष्टले छड्के चेक गर्नेगरी कार्ड लागु गरिएको छ । पीपरादेखी चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा तथा बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ । निर्धारित समयभन्दा चाँडै आउने सवारी साधनलाई जरिमाना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस