२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी राजाले बनाए छोरालाई प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् ।

तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।

साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।

छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।

त्यस्तै विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन । अर्थ र लगानी मन्त्रीले पनि निरन्तरता पाएका छन् ।

युवराजलाई प्रधानमन्त्री बनाएर ८६ वर्षीय राजाले शक्ति हस्तान्तरण सुरु गरेको टिप्पणी खाडी मुलुकहरुमा भइरहेको छ । यद्यपि अझै केही समय मन्त्रिपरिषद बैठकको अध्यक्षता भने राजाले नै गर्ने छन् ।

राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ३७ वर्षका युवराज मोहमदले सन् २०१६ मा ‘भिजन २०३०’ सार्वजनिक गरेका थिए । जसमा साउदीलाई अरब तथा इस्लामको केन्द्र बनाउने उल्लेख गरिएको छ ।