राम्रा काम जसले गरे पनि एमालेको समर्थन रहन्छ : ईश्वर पोखरेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राम्रा काम जसले गरे पनि एमालेको समर्थन रहन्छ : ईश्वर पोखरेल


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन् ।

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताए ।

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए ।

जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस