तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौँको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।

चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस