२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित ३ जना न्यायाधीशकाे सुनुवाइविनै नियुक्त हुँदै

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट प्रस्तावित ३ जनाको नाम संसदीय सुनुवाइ नभई अनुमोदन हुने भएको छ।

गत असोज १ गतेदेखि प्रतिनिधिसभा कायम नभएकाले अब उनीहरूको संसद्मा पत्र आएको ४५ दिनपछि स्वत अनुमोदन हुने भएको हो।

न्यायपरिषद्ले सिफारिस गरेर संसदमा पठाएका तीनजना प्रस्तावित न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुली अब कात्तिक पहिलो हप्तामा नियुक्ति हुन योग्य बन्ने छन्।

भदौ २१ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा दीक्षित, शर्मा र पराजुलीको नाम सिफारिस गरेको थियो नियुक्तिको पत्र पनि सोही दिन संसद सचिवालयमा पठाएको थियो। संसदमा प्रस्तावित न्यायाधीशको नाम आएपछि भदौ २८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले दश दिने उजुरी आह्वान गरेको थियो। जसबाट असोज ७ गते दश दिनपुगेको थियो। तर, असोज १ गतेपछि संसदको कार्यकाल सकिएकाले सुनुवाई समिति नै नभएपछि यो प्रक्रिया अब रोकिएको छ।

संसद् रहेको भए उनीहरूलाई समितिमा बोलाएर सुनुवाइ गरी समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूलाई नियुक्तिको लागि बाटो खुल्थ्यो। सुनुवाइ समिति सभापति रहेका लक्ष्मणलाल कर्णले आफू संसद् सदस्य नभएकाले अब प्रस्तावित न्यायाधीशहरूको अनुमोदन समितिबाट नहुने बताए। उनको भनाईबाट पनि अब प्रक्रिया सुरु भएको ४५ दिनपछि उनीहरू स्वतः न्यायाधीशको नियुक्ति लिन सक्नेछन्।

सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २६ मा भनिएको छ, ‘समितिमा सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनु पर्नेछ। उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन।’

नयाँ प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। नयाँ संसद् गठन भएर आइसक्दा र समिति गठन हुन महिनौ लाग्नेछ। समितिमा सदस्यको पद रिक्त हुनका लागि संघीय संसदको सदस्य नरहेमा भन्ने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य नभएकाले १५ सदस्यी संयुक्त समितिमा बैठक सञ्चालनको लागि समितिको सम्पूर्ण सदस्य संख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित हुनु पर्ने व्यवस्थाको पालना गर्न सम्भव छैन।

अहिले समितिमा राष्ट्रियसभाका जितेन्द्र नारायण देव, नन्दा चपाई, र खिमलाल भट्टराई गरी तीनजना मात्र बाँकी छन्। तीन जनाले बैठक बस्न नमिल्ने भएका कारण अब नयाँ प्रतिनिधिसभा नआइकन संसदीय समिति निस्क्रिय बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस