काँग्रेसको शेखर समूहको पार्टी कार्यालयमा धर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको शेखर समूहको पार्टी कार्यालयमा धर्ना


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ ।

गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस