प्रदेशसभा सिट बाँडफाँटको लागी कार्यदलले बनायो यस्तो मापदण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभा सिट बाँडफाँटको लागी कार्यदलले बनायो यस्तो मापदण्ड


११ आश्विन २०७९, मंगलबार


​काठमाडौँ । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू बसेर सिट बाँडफाँटको काम टुङ्गो लगाउने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस