२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा अध्यादेश जारी गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

अ+ अ-

काठमाडौँ । प्रदेश नंं. १ को मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

उक्त अध्यादेशअनुसार, विपद् व्यवस्थापन ऐन-२०७५, प्रदेश लोक सेवा आयोग ऐन-२०७६, प्रदेश नं.१ प्रदेश वातावरण संरक्षण ऐन-२०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन-२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन-२०७७, प्रदेश नं.१ निजी तथा साझेदारी फर्म दर्ता ऐन-२०७७, प्रदेश नं. १ प्रदेश वन ऐन-२०७७, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन-२०७७, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन-२०७९, बृहत विराट विकास क्षेत्र सम्बन्धी ऐन-२०७६ संशोधनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस हुनेछ । 

बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसबमोजिम विषयगत सल्लाहकार नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस