नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो ।

नवौँ राष्ट्रिय खेलकुदको समापन कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ ।  उद्घाटन र समापन समारोह पोखरास्थित पोखरा रङ्गशालामा हुने तालिका छ ।

त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोसाकलगायतका सुविधा उपलब्ध गराइएको बताइएको छ । कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रतियोगितापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अवसर प्रदान गर्ने बताए ।

उनले खेल सम्पन्न गर्नका लागि सरकारसहित सबैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ट ढङ्गले प्रतियोगिता सञ्चालन गर्ने बताए ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तय भएको छ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भइसकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस