२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन विपरीत कामु प्रधानन्यायाधीशलाई अवकासपछि सुविधा दिने मन्त्रिपरिषद्को निर्णय

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्ले ६ महिनाभन्दा बढी कायममुकायम प्रधानन्यायाधीश भएकालाई अवकासपछि प्रधानन्यायाधीशसरह सेवा सुविधा दिने निर्णय गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्को यो निर्णय कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीका लागि गरिएको भन्दै आलोचना भइरहेको छ। किनभने कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहेका कार्की सोमबार मात्र सर्वोच्च अदालतबाट बिदाइ भएका छन्। उमेर हदका कारण यही असोज १७ गते उनले अवकाश पाउँदै छन्।

मन्त्रिपरिषद्ले कोही व्यक्तिकै लागि यस्तो निर्णय गरेको भए त्यो स्वाभाविक नभएको सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बताए।

कार्कीलाई गुन तिर्न यस्तो निर्णय गरिएको भन्दै कतिपयले आलोचना समेत गरेका छन्। १४९ जना सांसदले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा प्रस्ताव गरेका शेरबहादुर देउवालाई राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेपछि परेको रिटमा संवैधानिक इजलासले नियुक्त गर्न परमादेश दिएको थियो। उक्त परमादेश दिनेमध्ये एक कार्की पनि थिए।

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएका न्यायाधीशमध्ये एक भएकाले कार्कीलाई सरकारले गुन तिरेको आरोप कतिपयले लगाएका छन्। 

संविधानविद् समेत रहेका शाक्यले सरकारको निर्णयमा स्वार्थ बाझिएको देखिने बताए।

पूर्व विशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गर्दै आएको छ। संसदले कानुन बनाएर मात्र गर्नुपर्नेमा सरकारले तजबिजीका आधारमा पूर्व विशिष्टलाई सुविधा दिनु कानुन विपरीत हुने भन्दै विवाद हुँदै आएको छ।

कानुनै नभई वा नबनाई यसरी सुविधा दिनु कानुन विपरीत हो। प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका सर्त सम्बन्धी ऐन २०७४ मा पनि कामु प्रधानन्यायाधीश अवकासपछि सुविधा दिने कुनै व्यवस्था छैन।

अहिले मन्त्रिपरिषद्ले फेरि कानुनले कल्पना नगरेको सुविधा कायममुकायम प्रधानन्यायाधीशलाई दिएकोमा आलोचना भएको हो।