सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको बताए ।

उनले उपभोक्ताको विषयमा सरकार नै जिम्मेवार नभएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशकी प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले जानी जानी अहिलेसम्म नबेचेको बताइन् । उनले कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनु सक्ने स्वीकार गर्दै सच्याउने बताइन् । गोदाममा सामाग्री राख्दा आगामी दिनमा अझै ध्यान दिने उनले बताइन् ।

यसैबिच काठमाडौँ महानगरमा तीन टोलीले बजार अनुगमन गरिरहेको उपमेयर सुनिता डङ्गोलले जानकारी दिइन् । महानगरले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको उनले बताइन् ।

अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको, महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको उनले बताइन् ।

महानगरले होटेल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरेको उनले बताइन् ।

डंगालले महानगरकै उपभोक्ता पनि उपभोग्य सामग्री खरिद गर्दा सचेत हुनुपर्ने भन्दै यस्तो नदेखिएको बताइन् । महानगरभित्र उपभोक्तालाई समस्या भए, कालोबजारी भएको पाइए, म्याद गुज्रेको सामग्री बिक्री गरेको पाइएमा कल सेन्टरमा फोन गरेर जानकारी गराए तुरुन्तै कारबाही हुने उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस