मुख्यमन्त्री राई प्रदेश सभाकै चुनाव लड्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री राई प्रदेश सभाकै चुनाव लड्ने


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।

प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् ।

उनी निकट स्रोतका अनुसार, भोजपुर (ढक) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने भएका छन् । २०७४ को चुनावमा पनि राईले यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमका अजम्बर राईलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । अहिले अजम्बर नेकपा माओवादी केन्द्रमा छन् । त्यसबेला पनि मुख्यमन्त्री राईले प्रतिनिधि सभा सदस्यकै दावी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस