ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको थानकोटमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो । 

चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरू नभएका, टायर धेरै  घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही  १६ सवारी साधनलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

नियन्त्रणमा लिएका १६ सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग पठाउने तयारी गरिएको उनले बताए । अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस