एमालेमै फर्किए एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेमै फर्किए एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष 


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् ।

सोमबार अछाममा आयोजित कार्यक्रममा भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

भट्टराई एमाले महासचिव शङ्कर पोखरेलले पार्टीमा स्वागत गरे । भट्टराईले अलग भएर भन्दा एकजुट भएर नै क्रान्ति अगाडि बढाउन सकिने भएकाले एमालेमा फर्किएको बताए ।

उनले विगतमा केपी शर्मा ओलीको आलोचना गर्नेहरू अहिले ओली भन्दा खराब देखिएको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस