मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते


१० आश्विन २०७९, सोमबार


काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।

हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए ।

मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको बताए ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुस्किल भएको उनको भनाइ छ । पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरूले जानकारी लिइरहेको बताउँदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना विदेशी नागरिक हराएको खबर आएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस