मुख्यसचिव शंकरदास बैरागी अस्पतालमा भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यसचिव शंकरदास बैरागी अस्पतालमा भर्ना


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । सरकारका मुख्यसचिव शंकरदास बैरागी अस्पताल भर्ना भएका छन्। उनी गत शनिबार अस्पताल भर्ना भएको सिभिल अस्पतालले जानकारी दिएको छ।

ज्वरो आएको र परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। २०७९ साउनदेखि हालसम्म २५ हजार ५४३ जनामा डेंगु देखिएको छ। बिसं. २०६१ मा पहिलोपटक नेपालमा डेंगुको विरामी देखिएका थिए। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो।

सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु देखिएको छ। त्यस्तै प्रदेश एकमा ७७५, मधेश प्रदेशमा ३८०, गण्डकीमा ५५६, लुम्बीनीमा २८ सय ८७, कर्णालीमा २३१ र सुदुरपश्चिममा ८०४ जनामा डेंगु संक्रमण भएको छ।

नेपालको मुस्ताङबाहेकका सबै जिल्लामा अहिले डेंगी संक्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा भने यो महामारीकै रुपमा देखा परेको छ ।

हालसम्म करिब २६ हजार जना डेंगीका कारण संक्रमित भइसकेका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस