डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलो पटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि.सं. २०६१ मा पहिलो पटक डेंगुको सङ्क्रमण देखा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस