म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड


१० आश्विन २०७९, सोमबार


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए ।

‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ । प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो । मेरो पहिलो प्राथमिकता संविधान कार्यन्वयन हो’ प्रचण्डले भने, ‘मैले चाहेको भए २०७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो । मैले होइन भन्दिए । त्यसपछि पनि थियो । अहिले चुनावपछि पनि छ । तर प्रधानमन्त्रीको रेसमा छैन ।’

राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढ आर्थिक विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस